धनगढीमा कोरोना रिर्पोट नेगेटिभ आएका एकजना संक्रमित पुरुषको मृत्यु

धनगढीमा कोरोना रिर्पोट नेगेटिभ आएका एकजना संक्रमित पुरुषको मृत्यु

धनगढी । कोरोना रिर्पोट नेगेटिभ आएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । रिपोर्ट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनमा असोज २४ गते संक्रमण पुष्टि भएको थियो । सोही दिनदेखि अस्पताल भर्ना भएका उनको रिर्पोट नेगेटिभ आएपछि सोमबार  जनरल आइसियुमा सारिएको थियो ।

आइसियुमा सारेपछि ती पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनको रिर्पोट नेगेटिभ भएकाले सोमबार नै शव आफन्तले बुझेको अस्पतालले जनाएको छ