डोटीका थप ८ जनामा कोरोना पुष्टि

डोटीका थप ८ जनामा कोरोना पुष्टि

धनगढी । जिल्ला अस्पताल डोटीमा गरिएको परिक्षणमा मंगलबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण भएका १४५ नमुनाहरुमध्ये ८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले डोटीका ८ जनामा कोरोना देखिएको जानकारी दिए । उनले दिपायल सिलगढी नगरपालिकाका ४ जना र आदर्श आदर्श गाउँपालिका ४ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको बताए ।

परिक्षण गरिएका अन्य १३७ जनाको नतिजा नेगेटिभ आएको छ ।