भारतमा पछिल्लो २४ घण्टामा सबैभन्दा कम कोरोना संक्रमित फेला

भारतमा पछिल्लो २४ घण्टामा सबैभन्दा कम कोरोना संक्रमित फेला

पछिल्लो २४ घण्टामा भारतमा गत जुलाई २३ यताकै सबैभन्दा कम कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा  ४६ हजार ७९१ जना मात्रै नयाँ संक्रमित फेला परेको मंगलबार भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

गत सेप्टेम्बर १७ मा एकैदिनमा सबैभन्दा बढी करिब ९८ हजार नयाँ संक्रमित फेला परेका थिए । तर, त्यसयता भने निरन्तर नयाँ संक्रमित संख्यामा कमी आइरहेको छ । अहिलेसम्म भारतमा कोरोनाका ७५ लाख ९७ हजार ६४ संक्रमित भेटिएका छन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख १५ हजार १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५८७ जनाको मृत्यु भएको हो ।