यी हुन, असई र जवानको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका ७ जना ?

यी हुन, असई  र जवानको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका ७ जना ?

धनगढी । धनगढीको स्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संग्लन भएको भन्दै वडा नम्बर १० का ६ जना वडा नम्बर ११ का एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । असई र जवानको हत्यामा संलग्न गिरोहका अधिकांश व्यक्तिलाई पक्राउ गरेको र अन्य फरार रहेकाहरुको खोजी तीब्र पारेको प्रहरीले जनाएको छ ।

घटनामा अन्य पनि संग्लनता रहेको र उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी प्रमुख दिलिप देउवाले जानकारी दिए । असईले तस्करी रोक्न खोजेपछि हत्या गरेको पक्राउ परेका अभियुक्तले स्वीकार गरेका छन् । तस्करहरुको समूहले योजनाबद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो (फरुवा) प्रहार गरेर हत्या गरेको खुलेको छ ।

गोरुगाडामा दाल (मटर) भारत पठाउदै गरेको अवस्थामा असईले रोक्न खोजेपछि हत्या गरेर मोहनामा बगाईदिएको पक्राउ परेका अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । उनीहरुले तस्करी गरेर ल्याइरहेको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

सार्वजनिक गरिएकामा वडा नम्बर १० का ३१ बर्षीय पर्कु भनिने रोहित राना, २० बर्षीय राजेन्द्र राना, ३० बर्षीय चोर भनिने सुरेश राना, २५ बर्षीय गब्बर भनिने राजकुमार राना, २२ बर्षीय राम निवास राना, २९ बर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ का गोपाल भनिने राम गोपाल राना रहेका छन् ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान र प्रहरी जवान साउँदको शब मंगलबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो ।