"पुर्ण सेनिटाइज र स्वास्थ सुरक्षा अपनाएर सेवा दिइरहेका छौ": चौलानी ग्रुप

"पुर्ण सेनिटाइज र स्वास्थ सुरक्षा अपनाएर सेवा दिइरहेका छौ": चौलानी ग्रुप

धनगढी । धनगढीमा रहेको चौलानी ग्रुप अफ कम्पनिज प्रा.लीले कम्पनि अन्तरगतका सबै व्यवसायहरु पुर्ण रुपमा सेनिटाइज गरि सञ्चालनमा रहेको जनाएको छ ।

चौलानीमा हाल कार्यरत सम्पुर्ण कर्मचारीहरु समेत पुर्ण रुपमा स्वास्थ सुरक्षा अवलम्बन गरेर सेवामा रहेको चौलानीले जनाएको छ । 
केहिदिन पहिले चौलानी ग्रुपमा कार्यरत १ सय २७ जना कर्मचारीमा कोरोना परिक्षण गर्दा १६ जनालाइ पोजेटीभ देखिएको थियो । 
आज एक प्रेस विज्ञप्ती जारी गर्दै चौलानी ग्रुपमा प्रवन्ध निर्देशक मान सिंह साउँदले पोजेटिभ देखिएका कर्मचारी वयरहाउस, सञ्चालनको तयारीमा रहेको र्चौराहा धनगढीको चौलानी मिनिमार्टका रहेको जनाएका छन् । साथै सबै कर्मचारी विना कुनै लक्षण होम आइसोलेशनमा रहेको जनाउदै सावधानिका साथ सेवामा तत्पर रहेको विज्ञप्ती मार्फत जनाइएको छ ।
 साथै कोरोना महामारी पछिको आर्थीक संकटलाई मध्यनजरगरि चाडपर्व लक्षित विभिन्न छुट तथा स्किमहरु समेत चौलानी डिपार्टमेन्टल स्टोरले सार्वजनिक गरेको उल्लेख गरिएको छ ।