सुदूरपश्चिम सरकारले कोरोना संक्रमितको उपचार तथा परीक्षण निशुल्क गर्ने

सुदूरपश्चिम सरकारले कोरोना संक्रमितको उपचार तथा परीक्षण निशुल्क गर्ने

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचार तथा परीक्षण निशुल्क गर्ने बताएको छ । 

आज पत्रकारसँगको भेटघाटमा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले  महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको भएकोले प्रदेश सरकार यसवाट नपन्छिने उहाँले बताउनुभयो ।’ संघीय सरकारको भनाईलाई नागरीकमा आतंक सृजना नगर्न आग्रह गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश अन्तरगतका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा यसअघि भए अनुसार नै निशुल्क हुने र यसका लागि प्रदेश सरकारले सरोकार सबैलाई खबर गरिसकेको मुख्यमन्त्री भट्टले बताउनुभयो ।

केही दिन पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सरकारले सबै नागरिकको उपचार नगर्ने निर्णय लिएको जानकारी दिएका थिए ।