दार्चुलाका थप ५० जनामा कोरोना संक्रमण पुष्टि

दार्चुलाका थप ५० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा बुधबार थप ५० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ८४ नमुनाहरुमध्ये ५० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले आज गरिएको परिक्षणमा दार्चुलाका ५० जनामा कोरोना देखिएको जानकारी दिए । उनले जिल्लाको महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै परिक्षण गरिएका अन्य ३४ जनाको नतिजा नेगेटिभ आएको छ ।