यी ब्लड ग्रुप भएकामा हुन्छ हार्ट अट्याकको खतरा धेरै, तपाईंको कुन ?

यी ब्लड ग्रुप भएकामा हुन्छ हार्ट अट्याकको खतरा धेरै, तपाईंको कुन ?

बदलिँदो जीवनशैली तथा खानपानका कारण मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको छ । पछिल्लो समय विश्वमा मुटुसम्बन्धी विभिन्न समस्याहरु बढीरहेको अध्ययनहरुले देखाएको छ । 

मुटुसम्बन्धी रोग लाग्नुको प्रमुख कारण अस्वस्थ्य खानपान, व्यायामको कमी, तनाव लगायतलाई मानिएको छ ।

तर एक अनुसन्धानका अनुसार हार्ट अट्याकको एक कारण हाम्रो शरीरमा रहेको रगतको समूह –ब्लड ग्रुप) पनि हुन्छ । ब्लड ग्रुपबाट हार्टअट्याकको खतरा पत्ता लाग्न सक्छ । साथै यो सम्भावनाको पनि पत्ता लाग्छ कि कुन ब्लड ग्रुपका मानिसमा हार्ट अट्याकको धेरै खतरा छ ?

अनुसन्धान सबै ब्लड ग्रुपलाई ध्यानमा राखेर गरिएको थियो  र केही हार्टअट्याकका बिरामीलाई पनि अनुसन्धानमा सहभागी गरिएको थियो । अनुसन्धानका क्रममा सबै भन्दा धेरै अट्याक ति मानिसमा पाइयो जसको ब्लड ग्रुप ए,बी या फेरि एबी थियो । 

जुन ब्लड ग्रुपलाई सबैभन्दा राम्रो मानिन्छ , यो ब्लड ग्रुपको मानिसमा मुटुसँग जोडिएका बिरामी हुने खतरा सबैभन्दा बढी हुने अध्ययनले देखाएको हो ।

अमेरिकन हार्ट एसोसिएसन जर्नल आर्टरियोसक्लोरोसिस मा प्रकाशित एक अनुसन्धानका अनुसार ओ ब्लड ग्रुप भएका मानिसको तुलनामा ए, बी तथा एबी ब्लड ग्रुप भएका मानिसमा हार्ट अट्याकको आशंका ९ प्रतिशत धेरै हुने अध्ययनले देखाएको छ । 

ए ब्लड ग्रुपलाई धेरै कोलस्ट्रोलको लागि जानिन्छ । जो हार्टअट्याकको प्रमुख कारण हो ।