डडेलधुराको थप १ जनामा कोरोना पुष्टी

डडेलधुराको थप १ जनामा  कोरोना पुष्टी

डडेलधुरा अस्पतालको कोभिड १९ प्रयोगशालामा गरीएको परिक्षणमा थप १ जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ८९ नमुनाहरुको परिक्षणमा १ जनामा संक्रमण पुष्टी भएको हो ।

डडेलधुरा को अमरगढी नगरपालिका ५ का १ जनामा कोरोना पुष्टी भएको डडेलधुरा अस्पताल कोभिड १९ परिक्षण  प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए । यस्तै परीक्षण गरिएका ८९ नमुनाहरु मध्ये ८८ जना को  रिर्पोट  नेगेटिभ  आएको छ ।