जापानी शोधकर्ताको नयाँ दाबी : मानिसको छालामा कति समयसम्म रहन्छ कोरोना भाइरस ?

जापानी शोधकर्ताको नयाँ दाबी : मानिसको छालामा कति समयसम्म रहन्छ कोरोना भाइरस ?

जापानी शोधकर्ताहरुले एक नयाँ शोधमा कोरोना भाइरसको संक्रमण मानिसको छालामा ९ घण्टासम्म जीवित रहन सक्ने पत्ता लगाएका छन् ।

त्यसैले महामारीसँग लड्नको लागि बारम्बार हात धोइराख्नु पर्ने उनीहरुले बताएका छन् । तुलनात्मका रुपमा फ्लूका कारण बन्ने प्याथोजन्स करिव १.८ घण्टासम्म मानिसको छालामा रहने पत्ता लागेको हो ।

शोधमा एसएआरएस सीओवी २ नौ घण्टासम्म मानव छालामा रहीराख्ने भएकोले कोरोनाको जोखिम बढ’न सक्ने उनीहरुले बताएका छन् ।

उनीहरले मृत्युको एक दिन अगाडि संक्रमितहरुको छालाको परीक्षण गरेका थिए । यो शोध इन्फेक्शियस डिजीज जर्नलमा प्रकाशित भएको थियो ।