डेढ महिनापछि अमेरिकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप उपलब्ध हुने

डेढ महिनापछि अमेरिकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप उपलब्ध हुने

कोरोना भाइरस महामारीले विश्वभरको जनजीवन अस्तव्यस्त बनाएको छ। यसैका कारण  ठूल्ठुला अर्थतन्त्रलाई शिथिल त बनायो नै लाखौँ मानिस महामारीका कारण बेरोजगार भएका छन्। यस रोगबाट छुट्कारा पाउन संसारभरका वैज्ञानिकहरु लागि परेका छन्। 

तर, पनि सुरक्षित र प्रभावकारी खोप विकास गर्न सकिरहेका छैनन्।  यसैबीच अमेरिकन फार्मासेट्युकल कम्पनी मोडर्नाले आउँदो महिना डिसेम्बरमा खोप परीक्षणको अन्तिम परिणाम आउने अपेक्षा गरेको छ।  कम्पनीका प्रमुख कार्यकारीले यदि यो खोपले सकारात्मक नतिजा ल्यायो भने अमेरिकी सरकारले डिसेम्बरमा खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गर्ने बताएका छन्।  

मोडर्नाका सीईओ ब्यान्सेलले भने, अमेरिकी सरकारले खोप र उपचारका लागि अर्बौं डलर खर्च गरेको छ। गत महिना जुलाइमा अमेरिकामा ३० हजार मानिसहरुमा खोप जाँच र प्रभावकारिताको अध्ययन सुरु गरेको थियो।  जसको पहिलो विश्लेषण नोभेम्बरमा हुने सम्भावना छ, तर त्यो नोभेम्बरको कुन हप्तामा हुने पूर्वानुमान गर्न गाह्रो छ।’ 

मोडर्नाको कोरोनाभाइरसविरुद्धको खोपले पहिलो चरणको परीक्षणमा सफलता हाँसिल गरेको थियो। यस औषधिले बिरामीहरूमा प्रतिरोधात्मक क्षमता बढाएको र अमेरिकी अनुसन्धानकर्ताहरूका अनुसार पहिलो चरणमा ४५ जना स्वस्थ स्वयंसेवकहरूमा परिक्षण गरिने भएको छ।