धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की विद्या खड्काको शल्यक्रिया सफल भएको छ । भारतको राजधानी दिल्लीमा रहेको राजिव गान्धी क्यान्सर अस्पतालमा क्यान्सर पीडित खड्काको शल्यक्रिया सफल भएको हो ।
शल्यक्रिया सफल भएपछि उनी सात दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सात दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएर घर फर्किदा खुसी भएको र शल्यक्रिया सफल भएको बताउँदै केही दिनपछि आउने रिपोर्टको प्रतिक्षा रहेको खड्काले बताइन् ।
डेढ बर्ष अगाडिको काठमाडौँमा उपचारका क्रममा खड्कालाई मेटास्टेसिस क्यान्सर भएको पुष्टि भएको थियो । क्यान्सर देखिएपछि एक बर्ष दिल्लीमा उपचार गराइएको थियो भने केही समय काठमाडौँमा पनि उपचार भएको थियो ।
खड्का फुटवल खेलाडी डेविड खड्काकी श्रीमती हुन् । सुदूरपश्चिमले छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फ फुटवलमा स्वर्ण पदक जित्दा डेभिडले सुदूरपश्चिमको प्रतिनिधित्व गरेका थिए ।