होप ब्रिजद्धारा खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग

होप ब्रिजद्धारा खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग

धनगढी । होपव्रिज संस्थाले कैलालीको धनगढी उप–महानगरपालिकामा होल्डिङ्ग सेन्टरमा रहेका ब्यक्तिहरुका लागि खाद्यान्न र स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोइका र बेटर वर्डको सहयोगमा संस्थाले उप–महानगर पालिकाको विभिन्न स्थानमा खाद्य तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँर्दै हो ।

संस्थाले धनगढी उपमहानगरपालिको त्रिनगर सेन्टरमा रहेका ब्यक्तिहरुलाई खाद्यान्न, सर्जिकल मास्क, हाईजिन किट, मास्क, सेनीटाईजर, तुथपेष्ट, साबुन, स्याम्फू, सेनीटरी प्याड लगायतका चिजहरु उपलब्ध गराएको हो । महिलाहरुका लागि भनेर खुशी प्याकको व्यवस्था गरिएको छ । खुशी प्याक अन्तर्गत सेनीटरी प्याड, श्याम्पु, फेश वस र मिनरल बिस्कुट दिदैँ आएको छ ।

यस सस्थाले दशै लक्षित गरी, त्रिनर भन्सारमा ११३० जनालाई खाद्य तथा स्वास्थ्य सामग्री दिइएको थियो । सो राहत होप ब्रिजका प्रदेश संयोजक महेन्द्र बमले नगर प्रमुख नृप बहादुर वडलाई हस्तान्तरण गर्नु भएको हो । यी सामाग्रीहरु संस्थाका प्रदेश संयोजक महेन्द्र बमले नगरप्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन ।

नगरप्रमुख वडले संस्थाका प्रदेश संयोजक महेन्द्र बम र कोईका प्रतिनिधी माया लगायत संस्थालाई धन्यवाद दिए ।