धनगढीमा हत्या गरिएका प्रहरी जवान साउदको सम्मान सहित कैलाश खोलामा अन्त्येष्टि

धनगढीमा हत्या गरिएका प्रहरी जवान साउदको सम्मान सहित कैलाश खोलामा अन्त्येष्टि

धनगढी । हत्या गरेको अवस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अन्त्येष्टि गरिएको छ । साउदको अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएका थिए । अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै वेपत्ता भएका प्रहरी जवान साउदको शव मंगलबार मोहना नदीमा गाडेको अवस्थामा फेला परेका थियो ।