डोटीका थप १० जनामा कोरोना पुष्टि

डोटीका थप १० जनामा कोरोना पुष्टि

जिल्ला अस्पताल डोटीको कोभिड १९ परीक्षण प्रयोगशालामा बुधबार गरीएको परीक्षणमा १० जनाको नतिजा पोजेटिभ आएको छ ।

 पछिल्लो २४ घण्टामा गरिएको ९९ नमुनाहरुको परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ भने ८९ जनाको नतिजा नेगेटिभ आएको मोलेकुलर ल्याब ईन्चार्ज शौरभ श्रेष्ठ ले जानकारी दिनुभयो । ।  जिल्लाको दिपाएल सिलगढी नगरपालीका ,  डोटीको के आइ सिंह गाउपालीका ,लगाएत ठाउबाट संकलन गरीएका स्वाबहरु परिक्षण गरीएको थियो ।