२४ घण्टामा ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २ हजार ९९६ जना कोरोनामुक्त

२४ घण्टामा ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २ हजार ९९६ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार ९९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या झण्डै एक लाख हाराहारीमा पुगेको छ । हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६५ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।