देशभर २६९ जना कोरोना संक्रमितको आईसियुमा र ८७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

देशभर २६९ जना कोरोना संक्रमितको आईसियुमा र ८७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म देशभर २ सय ६९ जना कोरोना संक्रमितको आईसियुमा र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले प्रदेश १ मा ३१, प्रदेश २ मा ९, बागमतीमा १५२, गण्डकीमा २०, लुम्बिनीमा ४७, कर्णालीमा ७ र सुदूरपश्चिममा ३ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको जानकारी दिए।

यस्तै प्रदेश १ मा १६, प्रदेश २ मा १, बागमती प्रदेशमा ५९, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यसअघि मंगलबारसम्म देशभर २ सय ७३ जना कोरोना संक्रमितको आईसियुमा र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

हाल झापा, मोरङ, सुनसरी, काभ्रे, मकवानपुर, ललितपुर, काठमाडौँ, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके, कैलाली, सुर्खेत, डढेलधुरा र रुपन्देहीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित नरहेको जिल्ला मुस्ताङ मात्रै हो।