सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ती पुरुषमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो । उनको कोरोना पुष्टि हुन अघि अस्पतालको जनरल आईसियूमा उपचार भईरहेको थियो भने पुष्टि भएपछि भेन्टिलेटरमा राखिएको श्रेष्ठले बताए ।

उनी रगतमा इन्फेक्सन भएपछि अस्पताल भर्ना भएका थिए ।