कैलालीका ४२ सहित सुदूरपश्चिममा थप ४७ जनामा कोरोना पुष्टि

कैलालीका ४२ सहित सुदूरपश्चिममा थप ४७ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना पुष्टि भउको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ६०६ नमुनाहरुमध्ये ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ४२ सहित थप ४७ जनामा कोरोना देखिएको जानकारी दिए । उनले कैलालीको धनगढी उपमहानगरपालिको वडा नम्बर १ का २३ जना, बर्दगोरिया गाउँपालिकाका एर्कजना, टीकापुर नगरपालिका दुईजना, जोशीपुर गाउँपालिकाका दुईजना, कैलारी गाउँपालिकाका दुईजना, गौरीगंगा नगरपालिकाका एकजना, गोदावरी नगरपालिकाका तीनजना, लम्कीचुहाँ नगरपालिकाका एकजना र कैलाली कै स्थानीय तह नखुलेका सातजना गरी ४२ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एकजना, बेलौरी नगरपालिका वडा नम्बर ९ का एकजना, भिमदत्त नगरपालिकाको वडा नम्बर १८ का एकजना, पुनर्वास नगरपालिकाका एकजना र डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ का एकजना गरी ४७ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।