मन्त्री सुबेदीद्धारा खानिडाँडामा निर्माण सम्पन्न भएको प्रसूति केन्द्रको उद्घाटन

मन्त्री सुबेदीद्धारा  खानिडाँडामा निर्माण सम्पन्न भएको प्रसूति केन्द्रको उद्घाटन

धनगढी । सुदूरपश्चिमका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले कैलालीको चुरे गाउँपालिकामा स्थापना भएको प्रसुती केन्द्र भवनको उद्घाटन गरेका छन । गाउँपालिकाको वडा नम्बर ५ को खानिडाँडामा सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको भवनको मन्त्री सुबेदीले आज उद्घाटन गरेका हुन ।

करिब २० लाखका लागतमा निर्माण सम्पन्न भएको प्रसुती केन्द्र भवनबाट अब स्थानीय महिलाहरूले प्रसूति सेवा लिन पाउने भएका छन् । यसअघि प्रसुती गराउन अन्यत्रै लैजानु पर्ने बाध्यता रहेको थियो । अब गाउँबाटै सेवा लिन पाउने भन्दै त्यहाँका स्थानीय महिला हर्षित भएका छन ।