कोलकातालाई पराजित गर्दै बैंगलोर दोस्रो स्थानमा उक्लियो

कोलकातालाई पराजित गर्दै बैंगलोर दोस्रो स्थानमा उक्लियो

 कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलार अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । 

जारी आईपीएलको ३९ औं खेलमा कोलकाताले बैंगलोरलाई दिएको ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । 

बैंगलोरको जितका लागि देवदत्त पाडिकलले २५ रन जोडे । उनले १७ बलमा तीन चौका प्रहार गर्दै २५ रनमा रन आउट हुन पुगेका थिए । त्यस्तै आरोन फिन्चले १६ रन जोड्दा कप्तान विराट कोहली १८ रन र गुर्कीरत सिंह २१ रनमा अविजित रहे । कोलकाताका लागि फेर्गुन्सनले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कोलकाताले खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन जोडेको थियो । कालकाताले बैंगलोरलाई सुम्पेको यो जारी सिजनको सबैभन्दा कम रनको लक्ष्यसमेत हो । तर, आईपीएल इतिहासमा सबैभन्दा कम रनको लक्ष्य  सुम्पिने टोलीको पहिलो स्थानमा बैंगलोर रहेको छ । बैंगलोरले २०१७ को आईपीएलमा कोलकाताविरुद्ध ४९ रन जोडेको थियो । 

कोलकाताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ३० रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोडेका थिए । त्यस्तै फेर्गुन्सनले १९ रनमा अविजित रहँदा कुलदीप यादवले १२ रनको योगदान दिएका थिए । टोम ब्यानटोनले १० रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकमा रन छुन सकेनन् ।  

विकेटकीपर ब्याट्सम्यान दिनेश कार्तिक र पाट कुमिन्स समान ४ रनमा पेभिलियन फर्किदा राहुल त्रिपाठी र सुभमन गिल समन एक एक तथा नितिन राना डक आउट हुन पुगेका थिए ।  

कोलकातालाई सस्तैमा समेट्न बैंगलोरका लागि मोहम्मद सिराजले सर्वाधिक तीन विकेट लिए । त्यस्तै युजभेन्द्र चाहलले दुई तथा नवदीप सैनी र वासिङटन सुन्दरले एक एक विकेट लिए । 

यस जितसँगै बैंगलोरले जारी आईपीएलका दस खेल खेल्दा सात खेल जितेको छ । मात्र तीन खेल गुमाएको बैंगलोरले १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि दिल्ली रन रेटका आधारमा शीर्ष स्थानमा छ । कोलकाताको भने दस खेलमा यो पाँचौ हार हो । १० अंक जोडेको कोलकाता चौथो स्थानमा छ ।