योग्यता लिलाम हुँदै छ पटक पटकमा

योग्यता लिलाम हुँदै छ पटक पटकमा

योग्यता लिलाम हुँदै छ पटक पटकमा।
लाग्छ जवानी पोखियो ब्यर्थ सडकमा।

आज अचम्म लाग्दै छ आफैलाई देखेर,
कसरी भुले म तिम्रा कोरा बक-बकमा।

बिताए ब्यर्थ समय उर्जा देशका लागि,
भनेर सभा सम्मेलन मिटिङ बैठकमा।

आदर्श र नैतिकताको कुनै मूल्य रहेन,
बेचियो आज इमान तौलेर त्यो ढकमा।

आज जे जे सिकायौ भोलि भोग्ने छौ
यो आदर्श देखिनेछ भोलि बालकमा।