कति सहनु कति सहनुको पनि सीमा हुन्छ

कति सहनु कति सहनुको पनि सीमा हुन्छ

कति सहनु कति सहनुको पनि सीमा हुन्छ।
ख्याल गर्नु पदको नि आफ्नो महिमा हुन्छ।

कस्तो तुलना गर्ने हो तिमी आफै छुट्याउनु,
सहि हो सम्बन्ध त बलियो बराबरीमा हुन्छ। 

विचारले नेता र पैसाले व्यापारी बन्छ तसर्थ,
सम्बन्ध पनि त बडाबडी र घटाघटीमा हुन्छ।

यहि हो तिम्रो र मेरो असहमतिको केन्द्र पनि,
सपनी हुनै सक्दैनन् जो प्राय: बिपनीमा हुन्छ।

अहमको आयु लामो भएको इतिहास देखिन्न,
कर्मको हिसाब किताब नि यसै धरतीमा हुन्छ।

के गर्नु नोक्सान मेरो हुने निश्चित हो बुझेको छुँ
सायद हजुरका त असुल उपर गर्न बिमा हुन्छ।