कैलालीमा दुई महिनामा १७ जना लागु औषध कारोवारमा सलग्न पक्राउ

कैलालीमा दुई महिनामा १७ जना लागु औषध कारोवारमा सलग्न पक्राउ

धनगढी : कैलालीमा दुई महिनामा १७ जना लागु औषध कारोवारमा सलग्न पक्राउ परेका छन । जिल्लामा नया प्रमुख प्रहरी उपरिक्षक एसपी आभुषण तिमिल्सेना आएपछि १३ मुद्धामा १७ जना लागु औषध कारोवारी पक्राउ परेका हुन ।

आज आयोजित पत्रकार सम्मेलनमा एसपी तिमिल्सेनाले दुर्ई महिनाको प्रगति विवरण सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिनुभएको हो । सो अवसरमा एसपी तिमिल्सेनाले लागु औषध नियन्त्रणमा प्रहरी केन्द्रित भईरहेको बताए ।

उनले स्थानीय तह, सघसस्था लगायत सरोकारवालासग मिलेर लागु औषध नियन्त्रणका लागि अभियान नै सञ्चालन गरिने बताए । पत्रकार सम्मेलनमा २ वर्ष अघि कैलाली  कारागारबाट भागेर काठमाडौँबाट पक्राउ परेका धनगढी उपमहानगरपालिका ६ जालीका ३५ वर्षिय सुरज कोलीलाई पनि सार्वजनिक गरिएको छ ।

मानव बेचबिखन मुद्दामा जेल सजाय काटिरहेकै अवस्थामा २०७३ साल असोज २० गते कोली कैलाली कारागारबाट भागेर फरार भएका थिए । पछिल्लो दुई महिनामा कैलालीमा लागु औषध कारोबार पछि सबैभन्दा बढी जुवा तासका मुद्धा दर्ता भएका छन् ।

बिशेष सूचनाका आधारमा वेश्षबृतिको बढ्दो रुप देखिए पनि वास्तविकतामा त्यसको उन्मुलनका लागि पनि प्रहरीले सक्रियता देखाएको उनकाे भनाइ छ । 

पछिल्ला दुई महिनामा जिल्ला प्रहरी कार्यालयबाट सम्पादन भएका कामहरु सार्वजनिककरणमा फरार अपराधी पक्राउका चार, कर्तब्य ज्यान सम्बन्धि तीन, ज्यान मार्ने उद्योग सम्बन्धि ३, जबरजस्ती करणीका तीन, मानब बेचबिखनका दुई मुदा दर्ता भइ कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।