आन्तरिक पर्यटन पुनरुत्थान समितिको सुदूरपचिम प्रदेश संयोजकमा भट्ट

आन्तरिक पर्यटन पुनरुत्थान समितिको सुदूरपचिम प्रदेश संयोजकमा भट्ट

धनगढी । आन्तरिक पर्यटन पुनरुत्थान समितिको सुदूरपश्चिम प्रदेश संयोजकमा नाटा सुदूरपश्चिममका का अध्यक्ष माया प्रकाश भट्ट लाई चयन गरीएको छ । 

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानको मुख्य उद्धेश्यका साथ पर्यटन व्यवसायीहरुको प्रतिनिधीमुलक संस्था, पर्यटन व्यवसायीहरु र अन्य  सरोकारवालाहरु समावेश गरी देशका ७ वटै प्रदेशहरुमा आन्तरीक पर्यटन पुनरुत्थान समिति गठन गर्ने बोर्डको योजना बमोजीम  नाटा सुदूरपश्चिममका का अध्यक्ष माया प्रकाश भट्ट लाई चयन गरीएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

बोर्डले समितिको सुदूरपश्चिम संयोजकमा चयन चएकोमा बधाई दिदै तोकिएको कार्यक्षत्रगत शर्तहरु बमोजिम प्रदेश सरकारसंग समन्वय गरी प्रदेशभित्रका पर्यटन सरोकारवालाहरु संगकको सहकार्यमा आन्तरिकपर्यटन प्रवद्र्धनका कार्यहरु सम्पादन गर्नेमा विश्वास व्यक्त गरेको छ ।