पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको सुखड खण्ड बन्द

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको सुखड खण्ड बन्द

धनगढी । बसको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरिएको छ। नेपाली काँग्रेस क्षेत्र नम्बर २ की कोषाध्यक्ष भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएपछि राजमार्ग अबरुद्ध पारिएको हो।

विहिबार विहानदेखि सुखडस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्द भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालयमा अहिले छलफल समेत चलिरहेको जनाइएको छ।

बुधबार साँझ लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया रेग्मीको बसको ठक्करबाट मृत्यु भएको थियो। ठक्कर दिने बसका चालक ३६ बर्षिय खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय सुखडले जानकारी दिएको छ।