संसारभर पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार नयाँ संक्रमित थपिए

संसारभर पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार नयाँ संक्रमित थपिए

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख ८७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख ३६ हजार ३४१ पुगेको छ । हालसम्म ३ करोड ९ लाख १४ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ लाख ८४ हजार ८१९ पुगेको छ । यहाँ हालसम्म २ लाख २७ हजार ४०९ हजार जनाको मृत्यु भएको छ । 
 
भारतमा हालसम्म ७७ लाख ६ हजार ९४६ संक्रमित हुँदा १ लाख १६ हजार ६५३ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५३ लाख ६४९ जना संक्रमित हुँदा १ लाख ५५ हजार ४५९ जनाको मृत्यु भएको छ । रुसमा १४ लाख ४७ हजार ३३५ संक्रमित हुँदा २४ हजार ९५२ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या १० लाख ४६ हजार ६४१ पुगेको छ भने ३४ हजार ३६६ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा १० लाख ३७ हजार ३२५ संक्रमित हुँदा २७ हजार ५१९ जनाको मृत्यु भएको छ । कोलम्बियामा ९ लाख ८१ हजार ७०० संक्रमित हुँदा २९ हजार ४६४ जनाको मृत्य भएको छ । 
 
यता, फ्रान्समा ९ लाख ५७ हजार ४२१ संक्रमित हुँदा ३४ हजार ४८ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ७६ हजार ८८५ जना संक्रमित हुँदा ३३ हजार ९३७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ८ लाख ६७ हजार ५५९ जना संक्रमित हुँदा ८७ हजार ४१४ को मृत्यु भएको छ । बेलायतमा हालसम्म ७ लाख ८९ हजार २२९ जना संक्रमित रहेका छन् ४४ हजार १५८ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ७ लाख ८ हजार ३५९ जना संक्रमित हुँदा १८ हजार ७४१ जनाको मृत्यु भएको छ । इरानमा ५ लाख ४५ हजार २८६ जना संक्रमित हँदा ३१ हजार ३४६ जनाको मृत्यु भएको छ ।

चिलीमा ४ लाख ९५ हजार ६३७ जना संक्रमित हुँदा १३ हजार ७१९ को मृत्यु भएको छ । इटलीमा ४ लाख ४९ हजार ६४८ जना संक्रमित हुँदा ३६ हजार ८३२ जनाको मृत्यु भएको छ ।  बंगलादेशमा हालसम्म ३ लाख ९३ हजार १३१ जना संक्रमित हुँदा ५ हजार ७२३ को मृत्यु भएको छ । जर्मनीमा ३ लाख ९१ हजार ३५५ जना संक्रमित हुँदा ९ हजार ९९९ जनाको मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ४३ हजार ३७३ हजार संक्रमित हुँदा ५ हजार २३५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख ३५ हजार ४८० संक्रमित हुँदा ६ हजार ७०२ जनाको ज्यान गएको छ । 
 
नेपालमा भने अहिलेसम्म १ लाख ४४ हजार ८७२ जना संक्रमति फेला पर्दा ९९ हजार ६०५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ७९१ जनाको भने मृत्यु भएको छ । जापानमा ९३ हजार ९३३ जना संक्रमित हुँदा १ हजार ६७९ जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा १४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ७२९ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।