वरिष्ठ कलाकार हरिवंश र पत्नी रमिला कोरोनामुक्त

वरिष्ठ कलाकार हरिवंश र पत्नी रमिला कोरोनामुक्त

वरिष्ठ कलाकार हरिवंश आचार्य र उहाँकी पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त हुनुभएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले आफूहरु दुर्ब जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभएको छ ।

साथै उहाँले आफूहरुलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ । हरिवंश आचार्य र पत्नी रमिलालाई असोज २० गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।