राष्ट्र बैंकले बजारमा पठायो २ अर्ब बराबरको नयाँ नोट

राष्ट्र बैंकले बजारमा पठायो २ अर्ब बराबरको नयाँ नोट

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले २० रुपैयाँ दरको संकेत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट बिहीबारदेखि बजारमा पठाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

२० रुपैयाँको नोट जारी भए पनि अघिल्लो वर्षजस्तै सबै नोट भने बजारमा पठाइएको छैन । हरेक वर्ष दशैँ नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट सर्वसाधारणहरुका लागि बजारमा पठाउने गरेको थियो ।

तर यस वर्ष कोरोना जोखिमका कारण राष्ट्र बैंकले नयाँ नोट सटही गरेको छैन् ।