डोटीमा थप ८ जनामा कोरोना पुष्टि

डोटीमा  थप ८ जनामा कोरोना पुष्टि

 जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा १०४ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ८ पुरुषमा कोरोना संक्रमण भेटिएको बताए।