ब्यवसायसंगै उद्योग क्षेत्रमा पनि बैंक तथा बित्तिय संस्थाहरुको लगानी बढ्दै

ब्यवसायसंगै उद्योग क्षेत्रमा पनि बैंक तथा बित्तिय संस्थाहरुको लगानी बढ्दै

धनगढी : सुदूरपश्चिम प्रदेशमा ब्यवसाय संगै उद्योग क्षेत्रमा पनि बैंक तथा बित्तिय संस्थाहरुको लगानी बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेका बैंक तथा बित्तिय संथाहरुले गत आर्थिक बर्षको अन्त्य सम्ममा औद्योगिक क्षेत्रमा झण्डै साढे १५ अर्ब लगानी पु¥याएका छन् । सो आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेशमा रहेका क बर्गका बाणिज्य बैंक, ख बर्गका विकास बैंक र ग बर्गका सहकारी बंैकहरुले प्रदेशभरीका सात जिल्लामा १५ अर्ब ४६ करोड ६० लाख ५५ हजार लगानी पु¥याएका हुन् ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार अघिल्लो आर्थिक बर्ष सम्म यस्तो लगानी १३ अर्ब २ करोड ७० थियो । यस्तै आर्थिक बर्ष २०७२÷०७३ को असार मसान्त सम्म सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रमा बैंकहरुले पु¥याएको लगानी ११ अर्ब ५ करोड ५० लाख थियो । राष्ट्र बैंकले आफ्नो अध्धयन क्षेत्रमा बझाङ र बाजुरा जिल्लालाई पारेको छैन् ।

बैंकहरुले औद्योगिक क्षेत्रमा गरेको लगानीको सबैभन्दा ठूलो हिस्सा कृषि, वन तथा पेय पदार्थ उत्पादन गर्ने र गैर खाद्य बस्तु उत्पादन गर्ने उद्योगहरुको छ । दोस्रो नम्बरमा लगानी पाउने उद्योगमा निर्माण कम्पनीहरु परेका छन्् । तेस्रो बढी लगानी हुने उद्योगमा होटलहरुको संख्या रहेको छ ।

होटललाई पर्यटन उद्योगको रुपमा ब्याख्या गरी बैंकहरुले लगानी गरेका छन् । गत आर्थिक बर्षमा उत्पादन तर्फ ७ अर्ब ३२ करोड ६० लाख रुपैया लगानी भएको देखिन्छ भने निर्माण कम्पनीहरुमा बैंकहरुले ४ अर्ब १ करोड १० लाख रुपैया लगानी गरेका छन् । होटलमा मात्रै १ अर्ब ४ करोड ३० लाख लगानी भएको छ ।

उद्योगमा सबैभन्दा बढी लगानी कैलाली जिल्लामा भएको छ । कैलाली मात्रै गत आर्थिक बर्षमा बैंकहरुले ११ अर्ब ५८ करोड ८० लाख १५ हजार लगानी गरेका छन् । कैलाली पछि कञ्चनपुरमा २ अर्ब ८९ करोड १० लाख लगानी भएको छ । ने

पाल राष्ट्र बैंकको धनगढी शाखाका अनुसार उद्योगमा लगानी बढिरहेको देखिए पनि कुल लगानी हेर्दा उद्योगमा भएको लगानी खासै धेरै होइन । कैलाली जिल्लामा मात्रै गत आर्थिक बर्षसम्ममा बैंक तथा बित्तिय संस्थाहरुको लगानी ४४ अर्ब भन्दा बढी छ ।

राष्ट्र बैंकका निर्देशक किरण पण्डितले उद्योगको संख्याका आधारमा लगानी बढ्ने बताए । उनले उद्योगको संख्या र उत्पादन हेर्दा लगानी सन्तोषजनक नै मान्नुपर्ने बताए ।