धनगढी । धनगढीको उत्तरबेहेडिमा रहेको गुरुकुल एकेडेमीले तेस्रोपटक अन्तराष्ट्रिय विद्यालय अवार्ड प्राप्त गरेको छ। बृटिस काउन्सिलद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा गुरुकुल एकेडमी धनगढीले उक्त अवार्ड प्राप्त गरेको हो।
२०१२ र २०१५ गरि यस अघि विद्यालयले २ पटक उक्त अवार्ड प्राप्त गरिसकेको छ । गुरुकुल एकेडमीकि प्रिन्सीपल सुनीता सुरीले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा ,विज्ञान तथा प्रविधी मन्त्रालयको मुल्यांकनको आधारमा बृटिस काउन्सिलले उक्त अवार्ड प्रदान गरेको बताउनुभयो ।
अवार्डको लागि गुरुकुल एकेडमी सङ्गै ५० भन्दा बढी विद्यालय प्रतिस्पर्धामा रहेकोमा गुरुकुलले तेस्रोपटक उक्त अवार्ड प्राप्त गरेको एकेडमीका प्रबन्ध निर्देशक दीपक सुरिले बताउनुभयो ।