२४ घण्टामा ३६३७ कोरोना संक्रमित थपिए

२४ घण्टामा ३६३७ कोरोना संक्रमित थपिए

देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ६३७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६३७ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार २१५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २ हजार ८२० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव २ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ५० हजार १५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।