३ सय ६७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

धनगढी खबर    

३ सय ६७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७७ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। 

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७४ जना आइसियु र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ३२ जना आइसियु र ८ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १० आइसियु उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै सुदुरपश्चिममा ३ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन् । 



बिहिबार ०६, कार्तिक २०७७ ०४:४५ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस