३१,५३८ सय जना कोरोना संक्रमित होम आइसोलेसनमा

३१,५३८ सय जना कोरोना संक्रमित होम आइसोलेसनमा

 देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

बिहीबार ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमितमध्ये ३१ हजार ५ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय २२ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा ५ हजार २ सय ५०, प्रदेश २ मा १ हजार २ सय ४६, लुम्बिनी प्रदेशमा  ३ हजार ७ सय ४०, सुदूरपश्चिम प्रदेशमा ८७०, गण्डकी प्रदेशमा १हजार ४२८ र कर्णाली प्रदेशमा ८७७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।