स्वास्थ्य मन्त्रालयको कोरोना प्रेस ब्रिफिङु ५ दिन नआउने

स्वास्थ्य मन्त्रालयको कोरोना प्रेस ब्रिफिङु ५ दिन नआउने

स्वास्थ्य मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना प्रेस ब्रिफिङ केही दिनका लागि रोकिने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैं बिदा लगत्तै अर्को बुधबारदेखि थप परिस्कृत रुपमा मिडिया ब्रिफिङ लिएर प्रस्तुत हुने जानकारी दिए ।

उनले कोरोनासम्बन्धी तथ्यांक तथा जानकारी मिडिया ब्रिफिङ आउने समय सवा ४ बजे नै मन्त्रालयले विभिन्न माध्यमबाट यसबारे जानकारी दिने बताए ।

मन्त्रालयको स्वास्थ्य मोबाइल एप्लिकेसन, स्वास्थ्य मन्त्रालयको भाइबर ग्रुप र वेबसाइटबाट कोरोनासम्बन्धी जानकारी लिन सकिनेछ ।