शुक्रबारदेखि क्लीनफीड लागू

शुक्रबारदेखि क्लीनफीड लागू

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित  क्लीनफीड लागू गर्नका लागि तयारी पूरा भएको जानकारी गराएका छन् । मन्त्री गुरुङले शुक्रबार ९कात्तिक ७ गते देखि क्लीनफीड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने व्यवस्था गरेअनुसार नै तयारी पूरा भएको बताए । 
 
उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख गरिएको छ ।