धनगढी प्रयोगशालामा थप ५३ जनामा कोरोना पुष्टि

धनगढी प्रयोगशालामा थप ५३  जनामा कोरोना पुष्टि

 कैलालीका थप ४७ र कञ्चनपुरका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ३३ जनाको परीक्षण गरिएकोमा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २६ जना, टीकापुर नगरपालिकाका १५ जना, गोदावरी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यस्तै कैलालीकै चुरे गाउँपालिका १ जना  र गौरीगंगा नगरपालिकाका  १ जनामा  र ठेगाना नखुलेका २ जनामा समेत कोरोना संक्रमण देखिएको छ। 

 कञ्चनपुरको भीमदत्त नगरपालिका २ जना  र पुर्नवास नगरपालिकाका २ जना, शुक्लाफाँटा नगरपालिका  १ जना र बेलौरी नगरपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।