बाजुरामा जनप्रनिधिले आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने

धनगढी खबर    

बाजुरामा  जनप्रनिधिले आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने

बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्।

बिहिबार सम्पन्न दशैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा रकम दिने घोषणा गरेको वडासदस्य धनलाल पाध्यायले बताए। 

वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत पाएको १८ हजार र वडा सदस्यहरु धनलाल पाध्याय, कला थापा र प्रयाग जैशीले नियमअनुसार चाडपर्ववाफत पाएको ८ हजार गाउँकै चुथी स्वास्थ्य चौकीलाई प्रदान गर्ने बताएका हुन।
 



बिहिबार ०६, कार्तिक २०७७ ०५:३९ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस