कोरोना संक्रमित हुँदा ट्रम्पलाई लगाइएको भ्याक्सीन रेम्डिसिभिरलाई अमेरिकामा स्वीकृति

कोरोना संक्रमित हुँदा ट्रम्पलाई लगाइएको भ्याक्सीन रेम्डिसिभिरलाई अमेरिकामा स्वीकृति

काठमाडौं । अमेरिकी राष्ट्रपतिय अन्तिम बहस हुनुभन्दा केहीबेरअघि मात्र अमेरिकाको खाद्य तथा औषधी निकाय एफडीएले औपचारिक रूपमा कोभिड १९ विरूद्धको पहिलो औषधि रेम्डिसिभिरलाई औपचारिक रूपमा स्वीकृति दिएको छ।

नशाहरूमार्फत् दिइने यो औषधी यसअघि ट्रम्प कोरोना भाइरसबाट संक्रमित हुँदा दिइएको थियो।

एफडीएले उक्त औषधी १२ वर्ष र त्यसमाथिका कम्तिमा ४० किलो तौल भएका बिरामीलाई दिन सकिने जनाएको हो।

यसअघि मे महिनामा अमेरिकामा आपत्कालिन अवस्थामा प्रयोगका लागि रेम्डेसिविर औषधीलाई अनुमति दिइएको थियो।

तर आजको कदमले त्यो सुरक्षित रहेको जनाएको हो।
श्रोत बीबीसी