अनुशासन नै खेलाडीको गहना  : सांसद लामा

अनुशासन नै खेलाडीको गहना  : सांसद  लामा

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिकामा ईसाई धर्मवलमबीहरुको महान चाड ख्रिष्टमसको अवसरमा वडा स्तरिय खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको छ ।

कालिका युवा क्लबले पुनर्वास नगरपालिका वडा नं ३ स्थित आफनै घरेलु मैदानमा सञ्चालन गरिएको उक्त फुटबल प्रतियोगिता सनिवार एक कार्यक्रमका बिच उदघाटन भइ शो म्याच गरि शुभारम्भ भएको छ ।

फुटबल खेलको क्रेज रहेको पुनर्वास मा फुटबल खेलको बिकास र राष्ट्रिय स्तरको खेलाडी उत्पादनका लागि सम्बन्धित निकायमा समन्वयन गरी सरोकारवाला निकायमा पहल गर्ने सांसद तारा लामा तामाङले बताउनुभयो ।

उहाँले अनुशासननै खेलाडीको गहना हो तसर्थ खेलको मध्यमबाट पुनर्वासलाई चिनाउन सकिने भएको हुँदा  यस भेगको खेलको स्तर र पहुँच विस्तारगर्न आफु सधै तत्पर रहेको  जिकिर गर्नुभयो ।

मैत्रिपूर्ण फुटबल प्रतियोगिता मा जम्मा२० टीमले सहभागिता जनाएको छ ।नगरपालिका अन्तर्गत का स्थानिय टिमहरुको सहाभागिता रहेको सो खेल नकआउट सिस्टमबाट खेलाईने आयोजक जनाएकाे छ  ।

खेल  समय तालिका अनुसार  समुह क मा १०टिम र ख मा १० टिम रहेको छ । समुह क तर्फ आइर्तवार पहिलो चरणको पहिलो खेल भानु युवा क्लब बी भरसेस  अरनिको युवा क्लब बी बिच  बिहान १० बजे हुनेछ ।पुनर्वासका चर्चित टिमहरुले सहाभागिता जनाएको उक्त खेलहरु प्रतिष्पर्धात्मक र रोचक रहने दर्शकहरुको ठम्याई छ ।

बिजेता समुहले नगद ६१ हजार मेडल र प्रमाणपत्र उपविजेता ले नगद ४१ हजार मेडल र प्रमाणपत्र प्राप्त  गर्ने क्लबका कोषाध्यक्ष बिष्णु धामीले जानकारी दिनुभएको  छ  । उक्त खेल यही पुस २० गते सम्म चल्ने आयोजकले  जनाएको छ ।