कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास स्थित बाल बागेश्वरी माविले आफ्नो ३५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा पारेर आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यापक राजेन्द्रप्रसाद बराल र शिक्षिका गोमा घिमिरेलाई शनिबार सम्मानित गरिएको छ ।
विद्यालयको शैक्षिक र भौतिक बिकासमा उल्लेखनीय योगदान गरेको भन्दै प्रधानाध्यापक बराललाई सम्मान गरिएको हो । शैक्षिक विकासका लागि निरन्तर लागेको भन्दै विद्यालयले शिक्षिका घिमिरेलाई सम्मान गरेको हो ।
सम्मानित हुने दुबै जनालाई कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले प्रशंसा पत्र र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णबहादुर तामाङले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।