अमेरिकामा एकैदिन ८१ हजारमा संक्रमण, संक्रमित संख्या ८७ लाख नाघ्यो

अमेरिकामा एकैदिन ८१ हजारमा संक्रमण, संक्रमित संख्या ८७ लाख नाघ्यो

काठमाडौं ।  अमेरिकामा कोरोना संक्रमितको संख्या ८७ लाख नाघेको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ८१ हजार २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८७ लाख ४६ हजार ९५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ९८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २८ लाख १९ हजार ५०८ जनामध्ये १६ हजार ३२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २९ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ९०३ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २९ हजार २८४ पुगेको छ ।