स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंको तीनकुनेमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार राति स्कुटर पल्टिँदा गम्भीर घाइते भएका मनोज विष्टको उपचारको क्रममा मृत्यु भएको हो । 

राति बानेश्वरबाट कोटेश्वर गइहेको प्रदेश ३- ०९ -२०१२ प ७१०१ नम्बरको स्कुटर पल्टिँदा काठमाडौं मुलपानीका २९ वर्षीय विष्ट गम्भीर घाइते भएका थिए । 

प्रहरीका अनुसार उनको उपचारको क्रममा राति नै ट्रमा सेन्टरमा मृत्यु भएको हो। दुर्घटनाको कारण नखुलेको छैन । मध्यरातमा खुला सडकमा तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।