‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ नगर्न आग्रह (विज्ञप्तिसहित)

‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ नगर्न आग्रह (विज्ञप्तिसहित)

धनगढी : नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेशले आयोजना गर्न लागेको ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ विवादमा परेको छ ।

पुस २० देखि माघ २ गतेसम्म महोेत्सव आयोजना गर्नका लागि नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेशले तयारी थालेसगै उक्त महोत्सव विवादमा तानिएको हो ।

२०६३ सालदेखि हरेक वर्ष कैलाली उद्योग वाणिज्य संघले मंसिर २२ गतेदेखि गर्दै आएको सुदूरपश्चिम महोत्सव संघको सदस्यता विवादका कारण हुन नसकेका बेला नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्न लागेको भन्दै विरोध भएको छ ।

नेपाल चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष मोहनराज शर्मा र कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल हमालले आज प्रेस विज्ञप्ति जारी गर्दै महोत्सव आयोजना गर्न लागिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

शर्मा र हमालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कैलाली उद्योग वाणिज्य संघको सदस्यता विवाद भई निर्वाचन हुन नसकेको र महोत्सव पनि हुन नसकेको अवस्थामा अन्य संस्थाबाट वा व्यावसायीबाट उक्त कुरा गरिनु उपयुक्त नहुने तथा महोत्सवका नाममा व्यावसायीको हक हितका लागि स्थापना भएका सस्था नै व्यावसायीविच विवाद सिर्जना गर्न लाग्नु उपयुक्त हुदैन ।’

आयोजकलाई महोत्सव रोक्न तथा स्थानीय प्रशासन र सरकारलाई पनि यस्ता कुरा रोक्न माग गरिएको छ । साथै यथाशिघ्र निर्वाचन सम्पन्न गरि महोत्सव गर्न पनि विज्ञप्ति मार्फत माग गरिएको छ ।