धनगढी-साँफेबगर नियमित उडान सुरु

धनगढी-साँफेबगर नियमित उडान सुरु

धनगढी ।  धनगढी बाट अछामको साफेबगर समिट एयरले नियमित उडान भर्न थालेको छ । धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, डोटी, बझाङ र बाजुरा नियमित उडान गरिरहेको समिट एयरले शुक्रबार देखि साँफेबगर विमानस्थलमा पनि नियमित उडान भर्न थालेको हो ।

शुक्रबार पहिलो दिन नै धनगढी–साँफेबगर २ वटा उडान भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

उनका अनुसार धनगढी–साँफेबगरको भाडा ३ हजार ५ सय ५० रुपैँया तोकिएको छ । यसअघि समिट एयरले नेपालगञ्जदेखि साँफेबगर विमानस्थलमा उडान भर्दै आएकोमा अब धनगढीबाट पनि नियमित उडान गर्ने भएको हो । उडान तालिका भने तत्काल तय हुन नसकेको बताइएको छ ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार दशैँका कारण १० गते सम्म उडान रोकिएको छ भने ११ गतेदेखि पुनः पहाडी जिल्लामा नियमित उडान हुनेछ ।