दशैंमा पनि यात्रु विहनि धनगढी बसपार्कः व्यवसायी भन्छन्, 'यसपालिको दशै खल्लो हुने भयो '

दशैंमा पनि यात्रु विहनि धनगढी बसपार्कः व्यवसायी भन्छन्, 'यसपालिको दशै खल्लो हुने भयो '

धनगढी । विगतमा दशैंको दिनमा समेत आवातजावात गर्नेहरुको भिडभाड लाग्ने धनगढी बसपार्क दशैंको दुई दिन अगाडदेखि नै सुनसान भएको छ।  कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष यात्रुहरु नहुदा बसपार्क क्षेत्र सुनसान भएको हो।

सार्वजनिक यातायातमा कोरोना सङ्क्रमणको जोखिम हुने भएका कारण पनि चहलपहल नदेखिएको हो। दशैँको टीका थाप्ने दशमी आउन एक दिनमात्र बाँकी हुँदा पनि बसपार्क सुनसान बनेको छ। यसअघिका दशैँमा टिकट काट्नकै लागि लामो लाइन लाग्ने गरेको थियो तर अहिले अवस्था फेरिएको छ। 

महिनौँ लामो लकडाउन काकारण आर्थिक संकटमा परेका यातायात व्यवसायी अहिले सार्वजनिक यातायात सञ्चालनमा आए पनि यात्रु नपाउदा बस थन्काउनु परेको  बताउँछन् । कयौं यातायात व्यवशायीको कामाईको एकमात्र स्रोत यतातायात भएको र अहिले दशैको समयमा पनि यात्रु नपाउदा आर्थिक अभावका कारण यसपालिको दशै खल्लो हुने देखीएको छ ।