३ दिनमा १४ लाख २३ हजार संक्रमित थपिए, कुन देशमा कति ?

३ दिनमा १४ लाख २३ हजार संक्रमित थपिए, कुन देशमा कति ?

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपले बढेका छन् । बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनमा १४ लाख २३ हजार संक्रमित थपिएका हुन् । 
बिहीबार ४ लाख ७९ हजार ६८६ जना, शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख ९० हजार ७३७ जना तथा शनिबार ४ लाख ५२ हजार ४६२ जना थपिएका छन् । सबैभन्दा बढी शनिबार अमेरिकामा ७९ हजार ४४९ जना संक्रमित थपिए । यो अमेरिकामै एकदिन दोस्रो ठूलो योगफल हो । यसअघि शुक्रबार अहिलेसम्मकै बढी ८१ हजार ४१४ जना संक्रमित भएका थिए । 
अमेरिकामा अहिलेसम्म ८८ लाख २७ हजार ९३२ जना संक्रमित हुँदा २ लाख ३० हजार ६८ जनाको ज्यान गएको छ । 

शनिबार दोस्रो स्थानको भारतमा ५० हजार २२४ जना संक्रमित थपिए । तर ६२ हजार १५४ जना कोरोनामुक्त भए । भारतमा संक्रमित पनि घट्दै गएका छन् भने सक्रिय संक्रमित कम भइसकेका छन् । 

गत महिना १० लाख २० हजार सक्रिय संक्रमित भएकामा अहिले ६ लाख ६८ हजार २७३ जना पुगेका छन् । भारतमा हालसम्म ७८ लाख ६३ हजार ८९२ जना संक्रमित भएका छन् । ७० लाख ७५ हजार ७२३ जना कोरोनामुक्त भएका छन् । १ लाख १८ हजार ५६७ जनाको ज्यान गएको छ । 

तेस्रो स्थानको ब्रजिलमा शनिबार २५ हजार ५७४ जना संक्रमित थपिएर ५३ लाख ८१ हजार २२४ जना पुगेका छन् । मृतक १ लाख ५६ हजार ९२६ जना पुगेका छन् । 

चौथो ब्रजिलमा १६ हजार ५२१ संक्रमित हुँदा १४ लाख ९७ हजार १६७ जना पुगेका छन् । मृतकको संख्या २५ हजार ८२१ पुगेको छ । 

पाँचौं स्थानको स्पेनमा ११ लाख १० हजार ३७२ जना संक्रमित हुँदा ३४ हजार ७५२ जनाको ज्यान गएको छ । 

छैटौं फ्रान्समा शनिबार ४५ हजार ४२२ संक्रमित थपिएर कुल संक्रमित १० लाख ८६ हजार ४९७ पुगेका छन् । मृतक ३४ हजार ६४५ पुगेका छन् । 

सातौं अर्जेन्टिनामा ११ हजार ९६८ जना संक्रमित थपिएर १० लाख ८१ हजार ३३६ पुगेका छन् । मृतक २८ हजार ६१३ पुगेका छन् । 

११ औं स्थानको बेलायतमा २३ हजार १२ संक्रमित थपिएर ८ लाख ५४ हजार १० पुगेका छन् । मृतक ४४ हजार ७४५ पुगेका छन् । 

१४ औं स्थानको इटालीमा १९ हजार ६४४ थपिएर संक्रमित ५ लाख ४ हजार ५०९ पुगेका छन् । मृतक ३७ हजार २१० पुगेका छन् । 

१७ औं स्थानको जर्मनीमा १० हजार ४५८ जना थपिएर कुल संक्रमित ४ लाख २७ हजार ८०८ पुगेका छन् । मृतकको संख्या १० हजार १११ पुगेको छ । 

३४ औं स्थानको नेपालमा २ हजार २२५ संक्रमित थपिएर कुल संक्रमित १ लाख ५५ हजार २३३ पुगेका छन् । मृतक ८४२ पुगेका छन् । सक्रिय संक्रमिमत ४६ हजार ५७ पुगेका छन् ।