फ्रेन्च लिग वान फुटबलमा पिएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबलमा पिएसजीको शानदार जित

काठमाडौं । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरी शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनलाई ४-० ले पराजित गरेको हो ।

पिएसजीका लागि मोइज किनले दुई तथा केलियन एमबाप्पेले दुई गोल गरे ।