चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । 
दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओली चीनको इसारामा चलेको भारतीय सञ्चारमाध्यमको आरोप
काठमाडौँ। भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको इसारामा चलेको आरोप लगाएको छ ।

भारतीय मिडिया जी न्यूजले केही महिनादेखि नेपाल र चीनबीचको निकटता धेरै बढेको भन्दै प्रधानमन्त्री ओली चिनिँया इसारामा चलेको आरोप लगाएको छ ।

नेपालले रक्सौल सिमानामा ठूलो संख्यामा अर्धसैनिक बल परिचालन गरिरहेको भन्दै नेपालले चीनसंगको निकताका कारण भारतीय पक्षलाई प्रवेश गर्न नदिएको आरोप लगाएको छ ।
रोहनप्रीतले पनि नेहाकै कलरको शेरवानी लगाएका थिए । नेहा र रोरनप्रीतको विवाह भिडियोले अहिले चर्चा बटुलिरहेको छ । भिडियोमा नेहा र रोहनप्रीत एकअर्कालाई बरमाला लगाउँदै गरेको समेत देख्न सकिन्छ । 
विवाह अगाडि नेहा र रोहनप्रीतको हल्दी र संगीत कार्यक्रमको भिडियो समेत बाहिर आएको थियो । जुन भिडियोले समेत चर्चा बटुलेको थियो । 
नेहाले केही अगाडि मात्र रोहनप्रीतसँगको सम्बन्ध बाहिर ल्याएकी थिइन् । नेहाले इस्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेकी छन् ‘तिमी मेरो हौ’ ।